काठमाडौं । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यावदबीच भेटघाट भएको छ ।
केहि बेर अघि पार्टी कार्यालय ललितपुरमा अध्यक्षद्वयबीच भेटघाट भएको स्रोतले जनाएको छ ।
आजको भेटघाटमा पार्टीभित्र देखिएको आन्तरिक कलहका विषयमा छलफल हुने बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर जाने वा नमिल्ने भन्ने विषयमा जसपाभित्र दुई धार देखिएको छ ।
महन्थ पक्ष सरकारसँग मिलेर जाने पक्षमा देखिएका छन् भने उपेन्द्र पक्ष सरकारसँग नमिल्ने पक्षमा देखिएका छन् । यसैक्रममा दुवै पक्षको छुट्टै बैठकहरु समेत भइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया