काठमाडौं । नेकपा एमाले भित्रको विवाद समाधानका लागि कार्यदल गठन गरिएको छ ।
पार्टी अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालले आन्तरिक विवाद समाधानका लागि कार्यदल गठन गरेका छन् ।
यसअघि गत वैशाख ३० गते दुई नेताबीच भएको बैठकमा समस्या समाधानका लागि कार्यदल गठन गर्ने निर्णय भएको थियो । आईतवार सिंहदरबारमा अध्यक्ष ओलीसँग भेट गरेर बाहिरिने क्रममा नेता नेपालले दुवै पक्षका ५र५ जना सदस्य रहेको १० सदस्यीय कार्यदल गठन भएको जानकारी दिएका हुन् । उनले आफुले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई पठाएको ६ बुँदा र २०७५ जेठ २ गते भन्दा पहिलेको अवस्थामा पार्टीलाई फर्काउने गरी अरु बाँकी सबै कुराहरु टुंगो लगाउनका लागि कार्यदल गठन भएको जानकारी दिए ।
कार्यदलमा नेता नेपाल पक्षबाट नेता भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघु पन्त तथा अध्यक्ष एवंम् प्रधानमन्त्री ओलीको पक्षबाट नेता सुवास नेम्वाङ्गको नेतृत्वमा, विष्णु पौडेल, प्रदीप ज्ञवाली ,शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् ।
त्यस्तै कार्यदललाई ३ दिनको समय दिईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया