सरकारले अस्पताललाई भन्यो- ‘बिरामीका आफन्तसँग अक्सिजन नमाग्नु’

काठमाडौं । सरकारले बिरामीका आफन्तहरुलाई अक्सिजन नमाग्न देशभरका अस्पतालहरुलाई आग्रह गरेको छ ।

आइतवार स्थास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलन मार्फत बिरामीका आफन्तहरुसँग अक्सिजन नमाग्न आग्रह गरेका हुन् ।

आज नियमित पत्रकार सम्मेलनमा बोल्दै डा गौतमले अक्सिजनको व्यवस्था गर्ने काम बिरामीको आफन्तको नभइ अस्पतालको भएको बताएका हुन् ।

पत्रकार सम्मेलनमा उनले भने, ‘अस्पतालहरुमा अक्सिजनको अभाव हुँदै गरेको भनी चिकित्सकले बिरामीका आफन्लाई अक्सिजन लिएर आउनसु भनेको सूचना आएको छ’ सम्पूर्ण नर्स, चिकित्सक र स्वास्थ्यकर्मीलाई बिरामीका आफन्तलाई अक्सिजन खोजेर ल्याउनुस् भन्ने अनुरोध नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुरोध गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?