प्रजातान्त्रिक विचार समाजले दुई लोकतान्त्रिक योद्धालाई सम्मान गर्ने

काठमाडौं । प्रजातान्त्रिक विचार समाजले २०७७ र २०७८ बाट दुई स्रष्टालाई लोकतान्त्रिक योद्धा सम्मान गर्ने भएको छ । समाजले २०७७ र २०७८ बाट क्रमशः सामाजिक अभियान्ता एवम् महिला नेतृ मैयादेवी श्रेष्ठ र लोकतान्त्रिक योद्धा कमल चित्रकारलाई सम्मान प्रदान गर्न लागेको हो ।

समाजको तर्फबाट गठित छनोट समितिको सिफारिसको आधारमा वैशाख ३० गते बिहीवार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो ।

दुवै स्रष्टाहरुले नेपालको प्रजातान्त्रिक आन्दोलन र सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गर्न लागिएको समाजका अध्यक्ष डा. केदारनरसिंह केसीले बताए ।

अध्यक्ष केसीका अनुसार सम्मान गर्न लागिएका दुवै स्रष्टालाई जनही २५र२५ हजार र कदर पत्र प्रदान गरिनेछ ।
समाजको स्थापना दिवसका अवसरमा प्रत्येक वर्ष सम्मान प्रदान गर्दै आएपनि कोरोना महामारीका कारण यस वर्ष कार्यक्रम गर्न नसकिने र सहज परिस्थिति भएपछि प्रदान गरिने बताइएको छ ।

२०७२ सालबाट प्रदान गर्दै आएको उक्त सम्मान हालसम्म कुलबहादुर गुरुङ, इन्द्रप्रसाद मिश्र, चक्रप्रसाद बास्तोला, पुरुषोतम बस्नेत र नूतन थपलियालाई प्रदान गरिसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?