काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा कैलाली क्षेत्र नम्बर ५की उम्मेद्वार डा. आरजु राणा देउवाले अक्सिजन प्लान्ट स्थापनाका लागी धनगढी उपमाहानगरपालिकालाई दश लाख आर्थिक सहयोग गरेकी छिन् ।
धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न र अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि उनले १० लाख सहयोग गरेकी हुन् । उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा नेतृ देउवाले रकम जम्मा गरेकी हुन् ।
आईतवार कांग्रेस नेतृ देउवाले अक्सिजन प्लान्ट स्थापनाका लागी धनगढी उपमाहानगरपालीका दश लाख आर्थिक सहयोग गरेको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले बताए ।
विगत ५ महिना देखी देउवा आफ्नो उपचारका लागि जापान रहेकी देउवाले महाविपत्तीका बेला कैलालीका नागरिकलाई अक्सिजन प्लान्ट स्थापनाका लागी सानो सहयोग गरेको काँग्रेस नेतृ देउवाले बताएकी छिन् ।
अहिले धनगढी उपमहानगरपालिकाले अक्सिजन प्लान्ट स्थापनाका रकम संकलन अभियान चलाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया