काठमाडौं। इटालियन ओपनमा महिला तर्फको फाइनल खेल इगा स्विआटेकले जितेकी छिन्। उनले विश्व नम्बर ९ करोलिना पिल्सकोभालाई ६-०, ६-० को ‘डबल बेगल’मा पराजित गरेकी हुन्।
रोमको ‘सेन्टर कोर्ट’मा आईतवार खेलिएको फाइनल खेलमा विश्व नम्बर १५ ,पोल्यान्डकी स्विआटेकले फाइनलमा ‘डबल बेगल’ गर्दै इतिहास रचेकी छिन्।
१९ वर्षीया स्विआटेकले फाइनल खेल मात्र ४७ मिनेटमै आफ्नो पक्षमा पार्न सफल भइन्। शुरूदेखि नै खेलमा हैकम जमाउन सफल भएकी इगाले करोलिनालाई खेलमा हम्मेहम्मे पारिन्।
पुरै खेलमा करोलिनाले मात्र १३ अंक बटुल्न सफल भइन्। गत वर्षकी फ्रेन्च ओपन विजेता इगाको यो तेस्रो ‘डब्लु.टी.ए’ उपाधि हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया