कोरोना महामारीकैबीच पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौं । कोरोना महामारीकैबीच पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ ।

नेपाल आयल निगमले आइतवार (आज) राति १२ बजेबाट लागू हुनेगरी विभिन्न पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।

पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २र२ रुपैयाँ मूल्यवृद्धि भएको निगमले जनाएको छ ।

जसअनुसार आज राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाके मूल्य प्रतिलिटर ७८ कायम हुनेछ ।

 

त्यस्तै एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?