काठमाडौं। इटालियन ओपन अन्तर्गत गए राति भएको फाइनल खेलमा विश्व नम्बर २ रफाएल नाडालले विश्व नम्बर १ नोभाक जोकोभिचलाई पराजित गरेका छन्।
स्पेनिश सुपरस्टार नाडालले सर्बियाका जोकोभिचलाई ७-५, १-६, ६-३ को सेटमा पराजित गर्दै आफ्नो १०औं इटालियन उपाधि जितेका हुन्। रोमको ‘सेन्टर कोर्ट’मा भएको फाइनल खेल लगभग २ घण्टा ४९ मिनेटसम्म चलेको थियो।
यस जितसँगै नाडालले पूर्व विजेता जोकोभिचको ३६ ‘एटीपी मास्टर्स १००० उपाधि’ बराबरी गरेका छन्।
‘क्ले कोर्ट’का राजा भनेर प्रख्यात ३४ वर्षीय नाडाललाई यस उपाधिले ‘फ्रेन्च ओपन’का लागि आत्मविश्वास र मनोबल दुवै बढाएको छ। ‘मे ३०’ तारीखदेखि ‘रोलाण्ड गारोस’मा सञ्चालन हुने ग्रान्ड स्ल्याम प्रतियोगितामा नाडाल आफ्नो १४औं उपाधिको लक्ष्यमा हुनेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया