भारतले बनायो कोरोनाविरुद्धको खोप, आज सार्वजनिक गरिँदै

काठमाडौं । छिमेकी देश भारतले कोरोना भाइरस (कोभिड(१९) विरुद्धको औषधी तयार पारेको दाबी गरेको छ ।

भारतको रक्षा मन्त्रालयले आइतवार (हिजो) ट्वीट गर्दै त्यसबारेमा जानकारी गराएको छ । साथै आज (सोमवार) उक्त औषधी सार्वजनिक गर्ने समेत जानकारी दिएको छ ।

भारतमा कोभिड-१९ विरुद्धको पहिलो औषधि मानिएको उक्त खोप रक्षामन्त्री राजनाथ सिंहले सार्वजनिक गर्नेछन् । उक्त औषधिको नाम २-डीजी दिइएको छ ।

औषधी भारतको रक्षा अनुसन्धान र विकास संगठनद्वारा बनाइएको हो । यो औषधीलाई भारतले आपतकालिन प्रयोगको लागि अनुमती दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?