काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरुको सपथ ग्रहण बदरको माग राख्दै सर्वोच्च अदालतमा रिट परेको छ ।
शुक्रवार भएको प्रधानमन्त्री ओलीसहित मन्त्रीहरुको सपथ ग्रहण असंवैधानिक रहेको भन्दै अधिवक्ता राजकुमार सुवालले दायर गरेको रिटमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई विपक्षी बनाइएको छ । तर सर्वोच्च अदालत प्रशासनले राष्ट्रपतिको नाम काट्दै राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएको छ ।
रिट निवेदकले प्रधानमन्त्री, उपप्रधानमन्त्रीसहित मन्त्रीहरुको सपथ बदरको मागसहित हालेको रिटमा मंगलवार (भोलिदेखि) सुनुवाई हुने भएको छ ।
त्यस्तै निवेदकले प्रधानमन्त्री ओलीसहित मन्त्रिपरिषद्का सदस्यहरुबाट पदभार बहन गरी थप कार्य सम्पादन नगरि यथास्थितिमा राख्न समेत माग गरिएको छ ।
[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2021/05/20210517_125918.pdf”]
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया