‘संघीय सरकारले महामारी नियन्त्रणका लागि सुदूरपश्चिममा कुनै टोली पठाएको छैन’

लोकपथ
49
Shares

धनगढी-टेकसिँह धामी । सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले प्रदेश सरकारले कोभिड–१९ संक्रमण रोकथामका लागि महत्वपूर्ण काम गरेको सबैभन्दा बताएका छन् । उद्योग वाणिज्य संघ कैलालीले कोभिड–१९ संक्रमण रोकथामका लागि भएका प्रयासबारे आयोजित कार्यक्रममा मन्त्री शाहले महामारी नियन्त्रणमा प्रदेश सरकार खटिएको बताउदै सरकारले काम नगरेको भन्नु भ्रम भएको बताएका हुन् ।

मन्त्री शाहले संघीय सरकारले संक्रमण रोकथामका लागि प्रदेश सरकारलाई नसघाएको आरोप लगाएका छन् । संघीय सरकारले महामारीमा पनि प्रतिशोधको भावना दर्शाएको बताउँदै उनले भने, ‘महामारी नियन्त्रणका लागि सुदूरपश्चिममा कुनै टोली संघीय सरकारले पठाएको छैन् ।’ टोली फिर्ताबारे प्रधानमन्त्रीलाई गलत सुचना पुगेको उनको भनाई छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी नियन्त्रणका लागि सुदूरपश्चिम पठाएको टोलीलाई प्रदेश सरकारले फिर्ता पठाएको अभिव्यक्ति दिएका थिए ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले पनि प्रदेश सरकारले कोभिड–१९ संक्रमण रोकथामका लागि सबैभन्दा बढी काम गरेको बताएका छन् । मन्त्री सुवेदीले काम नगरेको भन्दै जनतामा भ्रम फैलाइएको आरोप लगाउदै महामारी नियन्त्रणमा सबैभन्दा बढी काम नै प्रदेश सरकारले गरेको दाबी गरेका हुन् ।

‘प्रदेश सरकार सुतेको छैन्,’ उनले भने, ‘यस्ता भ्रामक सूचनालाई सत्य नमानौ । प्रदेश सरकार सुत्यो भने यहाँ त सबैै त्यसै सुत्नेवाला छन् । महामारी नियन्त्रणमा सबैभन्दा बढी काम नै प्रदेश सरकारले गरेको छ ।’

उनले भने, ‘हामी जनताको सरकार, जनताप्रति उत्तरदायी, जनताकाबीचमा बाचा गरेर आएको सरकार । सुत्ने कुरै हुँदैन् ।’
तर सुदूरपश्चिममा संक्रमितको उपचारका लागि शय्या र अक्सिजनको चरम अभाव भएपछि प्रदेश सरकारले कुनै काम नगरेको र सरकार सुतेको आरोप लाग्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?