काठमाडौं । छिमेकी मुलुक भारतले कोरोना भाइरस (कोभिड-१९) को औषधि सार्वजनिक गरेको छ ।
भारत सरकारले सोमवार (आज) भारतको ‘डिपेन्स रिसर्च एण्ड डेभलवपमेन्ट‘ (डीआरडीओ) ले विकास गरेको औषधि सार्वजनिक गरेको हो ।
आज एक कार्यक्रमकाबीच भारतको केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहले कोरोना विरुद्धको २ डिओक्सि(डी(ग्लुकोज नामका औषधि सार्वजनिक गरेको हो ।
भारतीय सञ्चारमाध्यममा जनाइएअनुसार उक्त औषधिलाई धुलोको रुपमा पानीमा घोलेर खाने गरी तयारी समेत गरिएको छ ।
त्यस्तै उक्त औषधिले भाइरसले प्रभावित पारेको कोषसम्म पुगेर भाइरसको वृद्धि तथा भाइरस संश्लेषण रोक्ने र उर्जा उत्पादन गर्ने बताइएको छ । जसका कारण कोरोना संक्रमित व्यक्तिलाई छिटो निको हुने र अक्सिजनको समेत भर पर्नु नपर्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया