काठमाडौं उपत्यकामा थप ३ हजार बढीमा कोरोना, कुन जिल्लाका कति ?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा २ हजार ३ सय ४६, भक्तपुरमा २ सय ९८ र ललितपुरमा ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा केहिदिन देखि निरन्तर घटेको कोरोना संक्रमणको दर आज पुनः बढेको छ

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ सय १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ९ हजार २ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ लाख ६४ हजार २ सय १६ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको २२ हजार ८७ परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् । जसमध्ये २१ हजार ६ सय ५३ जनाको पीसीआर (९ हजार १ सय ९८) र ४ सय ३४ जनाको एन्टिजेन परीक्षणमा (४९ जनामा) कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ६७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ४५ हजार ५ सय २३ रहेको छ । यो हालसम्म कोरोना संक्रमणमुक्त हुनेदर ७४ दशमलव ४ प्रतिशत हो । त्यस्तै हाल नेपालमा ७ सय ८ जना क्वारेन्टाइनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?