राष्ट्रिय सभा उपनिर्वाचनमा राप्रपाले एमालेका उम्मेद्वारलाई मतदान गर्ने

काठमाडौं । राष्ट्रिय सभाको बागमती प्रदेशबाट निर्वाचित हुने रिक्त सदस्य पदको उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेद्वारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मतदान गर्ने भएको छ ।

नेपाल कम्युनिष्ट (एमाले) बाट मतदान गरी सहयोग गर्नका लागि अनुरोध सहितको औपचारिक पत्र प्राप्त भएकाले राप्रपाले एमालेका उम्मेदवारलाई मतदान गर्ने निर्णय गरेको हो ।

साथै सो निर्वाचनमा नेकपा एमालेका उम्मेद्वार राम बहादुर थापा बादलको पक्षमा मतदान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभाका सदस्यहरु, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षलाई जानकारी गराउने निर्णय गरिएको छ ।

बागमती प्रदेशमा आगामी वैशाख ६ गते राष्ट्रिय सभाको उपनिर्वाचन हुँदैछ । जसमा नेकपा एमालेको तर्फबाट बादल उम्मेद्वार रहेका छन् । भने उनको प्रतिष्पर्धी विपक्षी गठबन्धनबाट डा खिमलाल देवकोटा रहेका छन् । उनलाई नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको समेत समर्थन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?