काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशको जनता समाजवादी पार्टी (जसपा) का ४ सांसहरुलाई निष्काशन गरिएको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरलेर नेतृत्वमा सहभागी भएका ४ मन्त्रीहरुलाई जसपाले निष्काशन गरेको थियो । त्यसको विरुद्धमा परेको रिटको सुनुवाई गर्दै आज सर्वोच्चले उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । जसपाका ४ सांसदहरु मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरि सांसदहरु विजयकुमार यादव, सुमन शर्मा, सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डेलाई पार्टीले कारबाही गरेको थियो ।
चारै जना सांसदले आफूहरुलाई पार्टीले नियमविपरित कारवाही गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटबारे मंगलवार सुनुवाई गर्दै न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले उनीहरुको निष्काशन तत्काल रोक्नका लागि आदेश दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया