हेर्नुहोस् आजका शीर्ष १५ ‘हेडलाईन्स्’ (भिडियोसहित)

काठमाडौं । लोकपथ टिभीले हरेक दिन टप १५ ‘हेडलाईन्स् ‘ प्रस्तुत गर्दै आएको छ। यस समाचार बुलेटिनमा दिनभरको खबर समेटिएको हुन्छ। प्रस्तुत छ, आजका शीर्ष १५ ‘हेडलाईन्स्’ ।

१. नेपालमा केहिदिनदेखि घटेको कोरोना संक्रमण र मृत्युदर फेरि बढ्यो २४ घण्टामा २ सय १४ जनाको मृत्यु, ९ हजार २४७ जनामा संक्रमण पुष्टि

२.तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवस आज, २७ वर्ष पुरा हुँदापनि दासढुंगा घटना रहस्यको गर्भमा

३. कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्ने नयाँ प्रविधि ‘रोबो भ्यान’ को निर्माण हुँदै, अस्पतालमा मृत्यु भएकाको शव व्यवस्थापन गर्न उपयुक्त हुने

४. बागमती प्रदेश सरकारले निर्माण गरेका साना तथा मझौला १२ वटा पुलको उद्घाटन, केही महिनाभित्र अन्य ठूला पुलको निर्माण सम्पन्न हुने मुख्यमन्त्री डोरमणि पौडेलको भनाई

५. राष्ट्रिय गौरवको हुलाकी राजमार्ग आयोजनाको निर्माण कोरोना र बजेट अभावको दोहोरो मारमा, हालसम्मको भौतिक प्रगति झण्डै ६३ प्रतिशत मात्रै

६. अक्सिजन सिलिण्डरको उपलब्धतादेखि कोरोनाविरुद्धको खोपका लागि कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण, हरहालतमा जनताको जीवन रक्षा गर्न माग

७. कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री शाहीका नेतृत्वमा छ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन, डेडिकेटेड कोरोना उपचार संयन्त्र को व्यवस्था गर्नेबारे छलफल

८. भक्तपुरका किसानलाई हिउँदे मुख्य बाली गहुँ भित्र्याउने चटारो, यसवर्ष ईंटाभट्टा सञ्चालन नभएका कारण उत्पादन बढ्ने अपेक्षा

९. अरब सागरमा विकसित भएको सामुद्रिक आँधी चक्रवातको प्रभाव नेपालमा पनि, मौसम अनुकूल नहुँदा सगरमाथासहितको हिमाल आरोहण प्रभावित

१०. कोरोना संक्रमितका लागि काठमाडौंका अस्पतालहरुमा छुट्टै कोभिड ओपिडी सञ्चालनमा, संक्रमितलाई अक्सिजन आवश्यकता परेमा ओपिडीमै हेरिने

११. छिमेकी मुलुक चीनबाट २५ सय अक्सिजन सिलिन्डर आज काठमाडौं आइपुग्ने, लिक्विड अक्सिजन समेत ल्याउने तयारीमा सरकार

१२. विश्वका ३० प्रतिशत वयस्कहरूमा उच्च रक्तचापको समस्या रहेको एक अध्ययनको निष्कर्ष, तनावमुक्र जीवन जिउन र स्वास्थ्य परिक्षण गर्न चिकित्सकको सुझाव

१३. कोरोना महामारीको दोस्रो लहरबाट संकट झेलिरहेको भारतमा घट्न थाल्यो संक्रमितको संख्या, पछिल्लो २४ घण्टामा थप २ लाख ८१ हजारमा संक्रमण, ४ हजार १०६ जनाको मृत्यु

१४. इजरायल र प्यालेस्टाईबीचको हिंसात्मक भिडन्तको आठ दिनमा १८८ जनाको सङ्ख्या, हजारौँ घाईते

१५. र, चेल्सीलाई ४ ० ले पराजित गर्दै बार्सिलोनाले चुम्यो युईएफए महिला च्याम्पियन्स लिगको उपाधि, पहिलोपटक फाईनल पुगेको चेल्सीको सपना अधुरै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?