काठमाडौं। नेपाली स्टार क्रिकेटर सन्दीप लामछानेले कोरोनाको महामारीविरुद्ध लड्न ३ लाख रुपैयाँ नगद सहयोग स्वरूप प्रदान गरेका छन्।
नेपाली राष्ट्रिय क्रिकेटमा ख्याति प्राप्त खेलाडी सन्दीपले “टीम सन्दीप लामिछाने” नामक अभियानको घोषणा गर्दै आफूले सहयोग गरेको कुरा ट्विटर मार्फत जानकारी दिए।
देशमा तिब्र रूपमा कोरोना महामारी फैलिरहेको बेला ‘टीम सन्दीप लामिछाने’ मार्फत सबैले देशलाई सहयोग गर्न सक्ने कुरा पनि उनले बताएका छन्। उनले बैंक खाताको विस्तृत जानकारी आफ्नो औपचारिक ‘ट्विटर ह्यान्डल’मा प्रस्तुत गर्दै सम्पूर्ण नेपाली जनताले उक्त खातामा रकम जम्मा गर्न सक्ने जानकारी दिएका हुन्।
उक्त अभियानबाट संकलन भएको रकम स्थानीय निकायको सहयोगमा अति प्रभावित क्षेत्रहरुमा प्राथमिकता अनुसार वितरण गरिने जानकारी उनले दिलाए।
उनले सो खाताबाट गरिएको सम्पूर्ण आर्थिक कार्यहरू पनि पारदर्शी रहने र अन्त्यमा सबैमाझ सार्वजनिक गरिने कुराको पनि जानकारी दिए।
सोही अभियानको प्रारम्भ गर्दै उनले खातामा ३ लाख रुपैयाँ जम्मा गरेका हुन्। सन्दीपले गत वर्ष पनि कोरोनाको रोकथामलाई भनेर १ लाख रुपैयाँ सहयोग गरेका थिए।
विश्वका धेरै राष्ट्रहरुमा क्रिकेटबाट नाम कमाइसकेका २० वर्षीय सन्दीपले यति कम उमेरमा नै राष्ट्रको लागि गरेका यस्तो कार्य प्रसंशनीय छ।
उनको अभियानमा साथ दिन जो कोहिले पनि निम्न लिखित खातामा आर्थिक सहयोग गर्न सक्नु हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया