५ दिनमै जसपाको संसदीय दलको नेताबाट हटे राजेन्द्र महतो

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको नेतामा चयन भएका राजेन्द्र महतोको सो पद खारेज भएको छ ।

जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका बहुमत सांसदको बैठकले पार्टीका वरिष्ठ नेता महतोलाई संसदीय दलको नेतामा चयन गरेको थियो । तर विधिवत, प्रकृया पुर्‍याएर नगरिएको कारण सो पद हाललाई खारेज गरिएको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले बताए ।

जसपा नेपालका अध्यक्षद्वय ठाकुर र यादवबीच भएको सहमतिको आधारमा त्यसलाई खारेज गरिएको हो ।

अध्यक्ष ठाकुरले यादवलाई गत वैशाख ३१ गते संसदीय दलको नेतामा चयन गरेका थिए । तर उपेन्द्र पक्षले भने पार्टीको विधान विपरित संसदीय दलको नेता चयन गरिएको भन्दै आपत्ति जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?