नेपाललाई भेट्न कोटेश्वर पुगे गृहमन्त्री बादल

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटघाट भएको छ ।

गृहमन्त्री बादल वरिष्ठ नेता नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका छन् ।

जेठ ६ गते बिहीवार बागमती प्रदेशमा हुन गइरहेको राष्ट्रिय सभाको उपनिर्वाचनबारे छलफल गर्न बादल नेपाल निवास कोटेश्वर पुगेका हुन् ।

६ गते हुने निर्वाचन एमालेको तर्फबाट बादल चुनाव लड्दैछन् । भने वरिष्ठ नेता नेपालसहित कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी समेतको संयुक्त गठबन्धनबाट डा खिमलाल देवकोटाले प्रतिष्पर्धा गर्दैछन् ।

थापाले सूर्य चिन्हबाट चुनाव लढ्दैछन् भने निर्वाचन आयोगले देवकोटालाई कलम चिन्ह प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?