काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेता राजेन्द्र महतो भएको पत्र संसद सचिवालयमा दर्ता भएको छ ।
आज जसपाका अध्यक्षद्वय महन्थ ठाकर र उपेन्द्र यादवबीच सहमती भइ महतोलाई दलको नेताबाट हटाउने निर्णय भएको थियो । तर अध्यक्ष ठाकुरले वरिष्ठ नेता महतो नै संसदीय दलको नेता चयन भएको जानकारी गराउँदै संसद सचिवालयका महासचिवलाई सम्बोधन गर्दै लेखेको पत्र सचिवालयमा दर्ता भएसँगै जसपाको राजनीतिमा ट्वीस्ट आएको छ ।
अध्यक्ष ठाकुरले नेता महतोलाई गत वैशाख ३१ गते संसदीय दलको नेता चयन गरेका थिए । उपेन्द्र पक्षले भने पार्टीको विधान विपरित दलको नेता चयन गरिएको भन्दै त्यसको अस्वीकार गरेको थियो ।
सरकारमा सामेल हुने वा नहुने भन्नेमा विवाद चरम भइ पार्टी विभाजनको अवस्थामा पुगेका बेला आज अध्यक्षद्वयबीच भेटघाट भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया