काठमाडौं । नेकपा एमाले भित्रको विवाद समाधानका लागि गठित कार्यदलको बैठक शुरु भएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा केहिबेर अघिबाट एमाले विवाद समाधानका लागि गठित १० जनाको कार्यदलको बैठक शुरु भएको हो ।
जेठ २ गते नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ५र५ नेताको सहभागीतामा कमिटी गठन गरिएको हो ।
उक्त कार्यदलले नेकपा भित्रको विवाद समाधानको लागि सुझाव दिनेछ । यो कार्यदलको पहिलो बैठक हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया