जसपामा पत्र दोहोरी : महन्थपछि संसद सचिवालय पुग्यो उपेन्द्रको पत्र

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतो संसदीय दलको नेताको मान्यता दिने आग्रह गर्दै लेखिएको पत्र संसद सचिवालयमा पुग्नेबित्तिकै महतोलाई दलको नेताको मान्यता नदिन अर्को पत्र पनि पुगेको छ ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले वैशाख ३१ गते महतोलाई संसदीय दलको नेता घोषणा गरि आधिकारिकताको लागि सचिवालयमा दर्ता गराएका थिए । तर अर्का अध्यक्ष उपेन्द्र यादवले पुनः संसद सचिवालयका महासचिवलाई पत्र लेख्दै उक्त पत्रलाई मान्यता नदिन आग्रह गरेका छन् ।

‘हाम्रो पार्टीको संघीय संसदीय दलको बैठक बसी नेता चयन भएको भनी केही सञ्चार माध्यमहरुमा भ्रमपूर्ण प्रचार भएकाले संसदीय दलको विधान समेत पारित नभएको अवस्थामा कसैले संसदीय दलको नेता चयन भएको भनी सचिवालयमा जानकारी दिएको भए त्यस्ता अवैधानिक कार्यलाई मान्यता प्रदान नगर्न हुन हार्दिक अनुरोध गर्दैछौँ ।’ यादवले संसद सचिवालयलाई लेखिएको पत्रमा भनिएको छ ।

त्यसो त आज नै अध्यक्षद्वय महन्थ र उपेन्द्र भेटघाट गरि महतोलाई संसदीय दलको नेता बनाउन गरिएको निर्णय खारेज गरेको बताएका थिए । त्यसको लगत्तै महन्थको हस्ताक्षरमा महतोलाई दलको नेता बनाउने सम्बन्धि पत्र संसद सचिवालयमा दर्ता भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?