काठमाडौंमा थप २६ सय ३५ जना कोरोना पुष्टि, उपत्यकामा कति ?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार ६ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा २ हजार ४९ जना, भक्तपुरमा २२१ र ललिपतुरमा ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर देशभर २० हजार ९ सय ७९ पीसीआर परीक्षणमा सो परिमाणमा संक्रमित थपिएका हुन् । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार ३ सय ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १ सय ९६ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ५ हजार ४ सय ११ जना पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय ९१ जना कोरोना संक्रमण मुक्त भएसँगै कुल संक्रमण मुक्त हुनेको संख्या ३ लाख ५२ हजार ४ सय १४ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यससँगै हाल नेपालमा १ लाख १४ हजार ५ सय २९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?