यस्तो छ एमाले कार्यदलको पहिलो बैठकको निर्णय

काठमाडौं । नेकपा एमाले भित्र देखिएको विवाद समाधानका लागि बनेको कार्यदलको पहिलो बैठक सकिएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकले एक अर्का पक्ष (ओली नेपाल) पक्षबीच अन्तरविरोध पैदा हुने काम नगर्न आह्वान गरेको छ ।

बैठकपछि प्रतिक्रया दिँदै नेता नेपाल पक्षका संयोजक समेत रहेका नेता भीम रावलले पार्टीमा देखिएको समस्यालाई यथोचित रुपमा समाधान गर्दै पार्टी पंक्तिलाई एकतावद्ध रुपमा अघि बढाउन कार्यदलले सबैलाई सहयोग गर्न आग्रह गरेको बताएका छन् ।

त्यस्तै आजको बैठकमा आफ्नो कार्यक्षेत्र र कार्यविधि आचारसंहिता तुरुन्त लागू गर्ने समेत तय भएको नेता रावलले जानकारी दिए ।

थप छलफलका लागि अर्को बैठक बुधवार (भोलि) पनि बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?