काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको तेस्रो लहर आउन सक्ने बताउँदै त्यसको लागि तयारीमा लाग्न आग्रह गरेका छन् ।
सभापति देउवाले कोरोनाको तेस्रो लहरले बालबालिकामा बढि असर देखिने विज्ञहरुले बताइरहेको संकेत गर्दै केन्द्रदेखि प्रदेशसम्म त्यसबाट बालबालिकालाई जोगाउनका लागि तयारी गर्न सरकारसँग आग्रह गरेका हुन् ।
मंगलवार साँझ एक टव्ीट गर्दै सभापति देउवाले कोरोनाको तेस्रो लहरबाट बालबालिकालाई जोगाउन केन्द्रदेखि प्रदेश सरकारले बालबालिकाको लागि अस्पतालहरुमा विशेष वार्ड आइसीयू लगायतको तयारी र १२ वर्षमाथिकालाई खोप शुरु गर्ने प्रक्रिया अघि बढाउन अनुरोध गरेका हुन् ।
ट्वीट गर्दै उनले भनेका छन्,’ कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले #वालवालिकालाई असर गर्ने विज्ञहरुले बताइरहेका छन्।म सरकारलाई केन्द्र र सातवटै प्रदेशमा वालवालिकाका लागि अस्पतालहरुमा विषेश वार्ड/आइसीयू लगायतको तयारी र १२ वर्षमाथिकालाई खोप सुरु गर्ने प्रक्रिया अघि बढाउन अनुरोध गर्दछु।’
कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले #वालवालिकालाई असर गर्ने विज्ञहरुले बताइरहेका छन्।म सरकारलाई केन्द्र र सातवटै प्रदेशमा वालवालिकाका लागि अस्पतालहरुमा विषेश वार्ड/आइसीयू लगायतको तयारी र १२ वर्षमाथिकालाई खोप सुरु गर्ने प्रक्रिया अघि बढाउन अनुरोध गर्दछु।
— Sher Bahadur Deuba (@DeubaSherbdr) May 18, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया