काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले सरकारले भारतीय नागरिकलाई नेपाल हुँदै तेस्रो मुलुक पठाउनबारे गरेको निर्णयप्रति आपत्ति जनाएका छन् ।
नेता गुरुङले भारतीय नागरिकलाई नेपाल हुँदै अन्य मुलुकमा जान पाउने व्यवस्था गरिएको तर भारतसँग वार्ता गरेर भ्याक्सिन ल्याउन नसकेको भन्दै आपत्ति जनाएका छन् ।
सरकारको उक्त निर्णयलाई भारतीय राजदूतावास लैनचौरको आदेश (अनुरोध?!) भन्दै सरकारले आफ्नो नागरिकको जीवन रक्षा भन्दा विदेशी नागरिकको यात्रालाई प्राथमिकता दिएको भन्दै आपत्ति जनाएका छन् ।
ट्वीट गर्दै नेता गुरुङले भनेका छन्-‘लैनचौरको आदेश (अनुरोध?!) मा भारतीय नागरिकलाई नेपाल हुँदै तेश्रो देश पठाउन सक्ने तर त्यही भारतसँग वार्ता गरेर खोप ल्याउन नसक्ने? कस्तो नालायक सरकार! कस्तो लम्पसारवादी सरकार! राज्यसत्ताले आफ्नो जनताको जीवन रक्षालाई प्राथमिकता दिने कि बिदेशी नागरिकको यात्रालाई? लज्जास्पद!’
लैनचौरको आदेश (अनुरोध?!) मा भारतीय नागरिकलाई नेपाल हुँदै तेश्रो देश पठाउन सक्ने तर त्यही भारतसँग वार्ता गरेर खोप ल्याउन नसक्ने? कस्तो नालायक सरकार! कस्तो लम्पसारवादी सरकार!
राज्यसत्ताले आफ्नो जनताको जीवन रक्षालाई प्राथमिकता दिने कि बिदेशी नागरिकको यात्रालाई?
लज्जास्पद!— Dhan Raj Gurung (@dhanrgrg) May 19, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया