धनगढी : कैलालीमा कोरोना संक्रमितको शव व्यवस्थापनका लागि नेपाली सेनाले महिला सैनिकलाई पनि खटाएको छ ।
धनगढीमा रहेको नेपाली सेनाको भवानी दल गणले बुधवारदेखि उप-सेनानी शशी खड्काको कमाण्डमा ५ जनाको टोली शव व्यवस्थापनमा खटाएको हो ।
भवानी दल गणका प्रमुख सेनानी विकास केसीले उक्त टोलीले विशेषगरी कोरोना संक्रमणबाट ज्यान गुमाएका महिला तथा बालबालिकाको शव व्यवस्थापन गर्ने जानकारी दिए ।
‘सैनिक महिलाहरुलाई संक्रमितको शव व्यवस्थापनका लागि तालिम दिइरहेका थियौँ,’ प्रमुख सेनानी केसीले भने, ‘आजदेखि परिचालन गरेका छौँ । अब उहाँहरुले महिला तथा बालबालिकाको शव व्यवस्थापन गर्नेछन् ।’
नेपाली सेनाको भवानी दल गणबाट कोरोना संक्रमितको शव व्यवस्थापनका लागि सैनिक पुरुषका ३ वटा टोली परिचालन गरिएका थिए ।
‘१०र१५ जना गरेर हामीले तीन वटा टोली परिचालन गरेका थियौँ, ’ केसीले भने, ‘आजदेखि चार टोली भएका छन् । आवश्यकताका आधारमा थपघट गर्छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया