काठमाडौं । मोरङको रंगेलीमा मृत अवस्थामा फेला परेकी २४ वर्षीय अनिता यादवको हत्यामा संलग्न देवरलाई प्रहरीले पक्राउ गरेको छ । घटना भएको २४ घण्टा नबित्दै प्रहरीले हत्यामा संलग्न उनकै देवर १९ वर्षीय विनोद यादवलाई पक्राउ गरेको हो ।
अनिता यादवको शव प्रहरीले आज बिहान रंगेली नगरपालिका–३ तिनवा चोक नजीक रहेको नहरमा फेला पारेको थियो । शव भेटिएपछि अनुसन्धानका लागि प्रहरीले परिवारका चारजना सदस्यलाई नियन्त्रणमा लिएको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा महिलाको हत्यामा १९ वर्षीय देवर विनोदको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।
कसरी गरेका थिए हत्या ?
देवर विनोदले प्रहरीलाई दिएको बयान अनुसार स् मृतक अनिता र उनी (देवर विनोद) बीच विवाद भएको थियो । हिजो मंगलवार बेलुकाको समय अनिता नहरको बाटो हुँदै हिडिरहेको बेला उनले पछ्याएका थिए ।
नहरमा पुगेपछि उनले नहरमा लडाएर धारिलो हतियारले घाँटी रेटेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार ‘मृतक अनिता घरबाट कहाँ हिडेकी हुन भन्ने बारे अझै पत्ता लागेको छैन् ।’
‘थप अनुसन्धान गरिरहेका छौँ’ उनले भने ।
मंगलवार बेलुका अनिता घर नफर्किएपछि आफन्तले खोजी गरेका थिए । बिहान शव फेलापरेपछि विनोट घरमै लुकेर बसेका थिए । प्रहरीको टोलीले उनलाई घरबाटै पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया