काठमाडौं । माओवादी केन्द्रका सांसद जनार्दन शर्माले कर्णाली प्रदेशका १० जिल्लाको कोरोना संक्रमणको अवस्थाबारे जानकारी लिएका छन् ।
बुधवार (आज) भर्चुअल माध्यमबाट पूर्वमन्त्री समेत रहेका शर्माले माओवादी केन्द्रका जिल्ला अध्यक्ष तथा सचिवहरुसँग जानकारी लिएका हुन् ।
छलफलमा कोरोना रोकथाम र उपचारमा प्रदेश पार्टी जनताको साथमा रहि जनताको जीवन रक्षामा गम्भीर रुपले लाग्ने निर्णय भएको नेता शर्माले जानकारी दिए ।
उनले भने- ‘कर्णाली प्रदेशका १० जिल्लामा कोभिड(१९ को अवस्था र उपचारको व्यवस्था बारे नेकपा ९माओवादी केन्द्र०का जिल्ला अध्यक्ष र सचीवहरु संग छलफल भयो । रोकथाम र उपचारमा प्रदेश पार्टी जनताको साथमा रहि जनताको जीवन रक्षामा गम्भीर रुपले लाग्ने निर्णय भएको छ ।’
त्यस्तै पार्टीको सम्पूर्ण शक्ति जनताको जीवन रक्षामा लगाउने निर्णय भएको बताए । ‘पार्टीको सम्पुर्ण शक्ति जनताको जीवन रक्षामा लगाऔं ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया