पीएसजीले उचाल्यो फ्रेन्च कपको उपाधि, एम्बाप्पे बने महानायक

काठमाडौं।  ‘कुप डे फ्रान्स’ भनेर प्रख्यात फ्रेन्च कपको उपाधि साविक विजेता पीएसजीले जितेको छ।

‘स्टेड डे फ्रान्स’मा गए राति खेलिएको फाइनल खेलमा मोनाकोलाई २-० गोल अन्तरले पराजित गर्दै पीएसजीले सन् २०२०/२१ को उपाधि चुमेको हो।

आफ्नो प्रमुख खेलाडी नेयमार बिना नै मैदानमा उत्रेको पीएसजीको नायक बने कीलियन एम्बाप्पे। पहिलो हाफको १९औं मिनेटमा एम्बाप्पेको पासमा माउरो इकार्डीले गोल गर्दा पीएसजीले खेलमा अग्रता लिएको थियो।

त्यस्तै दोस्रो हाफको ८१औं मिनेटमा एम्बाप्पेले उत्कृष्ट गोल गरे। उनले डि मारियाको पासलाई मोनाकोका गोलरक्षक माथिबाट ‘चिप शट’ प्रहार गर्दै जाली चुमाउंदा पीएसजीले खेल २-० ले आफ्नो पक्षमा पारेको हो।

यो पीएसजीको १४औं फ्रेन्च कप उपाधि हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?