काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दै छ ।
बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न बिहान ११ बजेको लागि बोलाइएको एक नेताले जानकारी दिए । बैठकमा कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणको सम्बन्धमा पार्टीको भुमिकाको सम्बन्धमा निर्णय गर्ने जनाईएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार बढ्दो कोरोना संक्रमणको सम्बन्धमा विज्ञ तथा चिकित्सकहरुसँग छलफल समेत गरेका थिए । चिकित्सकहरुको सल्ला, सुझावका आधारमा आजको बैठकले निर्णय गर्ने जनाईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया