काठमाडौं । बिहीवार (आज) मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । एमाले स्थायी समिति बैठक सकिएपछि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने बताइएको छ ।
बैठकमा बजेट अधिवेशन बोलाउने, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विश्वासको मत लिने लगायतका विषयमा छलफल हुने एक मन्त्रीले बताए ।
प्रधानमन्त्री केपी ओलीले बजेट अघिनै विश्वासको मत लिने तयारी गरेको बालुवाटार स्रोतको भनाइ छ ।
प्रधानमन्त्री ओलीले बालुवाटारमै पार्टी स्थायी समिति बैठक २ बजेका लागि बोलाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया