काठमाडौं । बागमती प्रदेशको राष्ट्रिय सभाको उपनिर्वाचनको मतदान गर्ने क्रम अन्तिम चरणमा पुगेको छ । दिउँसो ३ बजेसम्म निर्वाचनको समय तोकिएको छ ।
दिउँसो २ बजेसम्ममा जम्मा १२ जनाले मतदान गर्न बाँकी रहेको छ ।
जसमा ६ जना प्रदेश सभाका सदस्य र बाँकी ६ जना स्थानीय जनप्रतिनिधि रहेका छन् । हालसम्म प्रदेश सभाका १०९ र स्थानीय तहका २३८ जना गरी ३४७ मतदाता रहेकोमा ३३२ जनाले मतदान गरिसकेका छन् ।
त्यस्तै कोहि मतदाताहरु मतदानका लागि मतदान केन्द्रमा आउने क्रम जारी रहेको छ । भने केहीले भने मतदानमा सहभागी नहुने समेत घोषणा गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया