काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतले गरेको ७ मन्त्रीहरुको बदरको फैसलालाई आत्मसाथ गरेर अगाडि बढ्ने जनाएको छ ।
आज बसेको एमाले स्थायी कमिटी बैठकपछि बोल्दै एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले सर्वोच्चको फैसला कार्यान्वयन गर्नु आफूहरुको कर्तव्य रहेको बताउँदै कार्यान्वयन गरेर अघि बढ्ने बताए ।
बैठकको निर्णयहरुबारे प्रतिक्रिया दिँदै प्रवक्ता ज्ञवालीले आफूहरुको फरक मत हुनसक्ने भएपनि सर्वोच्चको निर्णयको कार्यान्वयन हुने बताए ।
‘त्यसप्रति हाम्रा केहि तर्क र फरक रायहरु हुनसक्छन् । तर अदालतको फैसलाको कार्यान्वयन गर्नु हाम्रो कर्तव्य हो हामी र्कार्यान्वयन गर्छौ ।’ उनले भने ।
आज सर्वोच्च अदालतले वर्तमान मन्त्रिमण्डलका गृहमन्त्री रामबहादुर थापा बादलसहित ७ जना मन्त्रीहरुको नियुक्ती बदर गर्ने निर्णय गरेको थियो । गैरसांसद रहेका ७ मन्त्रीहरुको नियुक्ती खारेज गर्ने आदेश दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया