काठमाडौं । केहिबेर अघि सम्पन्न बागमती प्रदेशको राष्ट्रिय सभा निर्वाचनको मत गणना शुरु भएको छ ।
बिहान ९ बजे शुरु भई दिउँसो ३ बजे मतदान सकिएपछि निर्वाचन अधिकृतको कार्यालयमा भर्खरै मतगणना शुरु भएको हो ।
आज हेटौडाँको भुटनदेवी माविमा भएको निर्वाचनमा ३३८ जना प्रदेश सभा सदस्य तथा स्थानीय जनप्रतिनिधिहरुले मतदान गरेका थिए ।
जसमध्ये १०५ जना राष्ट्रिय सभाका सदस्यहरु, र २३३ जना स्थानीय तहका जनप्रतिनिधिहरुले मतदान गरेका छन् । जसमध्ये २५ जना कोरोना संक्रमितले समेत मतदान गरेका छन् ।
३ सय ४८ जना कुल मतदाता रहेको मध्ये १ जनाका निधन भएको र विवेकशील साझाका ३ सांसदले मतदान नगर्ने निर्णय गरेका थिए । त्यस्तै आजको निर्वाचनमा प्रदेशका ४ र स्थानीय तहका ५ गरि ९ जनाको अनुपस्थिती रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया