स्थानीय तह तर्फ खिमलालसँग हारे बादल, अब प्रदेश सभाको गणना शुरु

काठमाडौं । बागमती प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनको स्थानीय तह तर्फको मतदान सकिएको छ ।

जसमा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई गठबन्धन उम्मेद्वार डा.खिमलाल देवकोटाले उछिनेका छन् ।

स्थानीय तह तर्फ डा= देवकोटाले १२८ मत ल्याउँदा बादलले १०३ मत मात्रै ल्याएका छन् ।

त्यस्तै नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङ २ मत प्राप्त गरेका छन्। त्यससँगै अब प्रदेश सभा तर्फको मत गणना शुरु हुनेछ ।

आज भएको निर्वाचनमा कुल ३३८ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?