काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य दलहरुले आफूलाई विश्वासको मत पनि नदिएको र आफू पनि सरकार गठन गर्न पनि नसकेको भन्दै आपत्ति जनाएका छन् ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले हार्छ भन्दा भन्दै पनि विश्वासको मत लिन नसक्ने जान्दा जान्दै पनि सदनमा उपस्थित भएको बताए । तर अन्य दलहरुलाई राष्ट्रपतिले तीन दिनको समय दिँदापनि वैकल्पिक सरकार गठन गर्न पनि नसकेको र आफूलाई समर्थन पनि नदिई राजनीतिलाई गलत दिशातिर लैजान खोजेको आरोप लगाए ।
‘अश्विासको प्रस्ताव राख्नुस् दाबी गर्नु भनेको हुँ । अविश्वासको प्रस्ताव आएन । प्रतिनिधि सभालाई कामगर्न पनि नदिने । प्रतिनिधि सरकारलाई वैकल्पिक सरकार पनि नदिने । प्रधानमन्त्री ओलीले भने । प्रमुख प्रतिपक्षीले पनि त्यहि भाषा बोल्यो । विश्वासको मत पाउँदिन भन्ने थाहा हुँदा हुँदै पनि किन आएको भनियो । त्यस्तै आफूले चाहेर नभइ संविधानले प्रधानमन्त्री बनाएको बताए । ‘मैले चाहेर होइन, संविधानले मलाई प्रधानमन्त्री बनायो’ प्रधानमन्त्री ओलीले भने ।
त्यस्तै आफूले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न खोजेकोमा नाटकीय ढंगले व्याख्या भएको बताएका छन् । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले राष्ट्रपति समक्ष नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गरेको बताएका हुन् ।
‘त्यो कुरा बाहिर आएपछि बहुतै कृतिम नाटकीय व्याख्याहरु भएको पाइयो । यदि यो नगरेर विश्वासको मत प्राप्त हुँदैन थियो । फेरि जाने संविधानको धारा ७६(५) बमोजिम जाने हो ।’ प्रधानमन्त्री ओलीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया