काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि विपक्षी दलहरुले हस्ताक्षर संकलन थालेका छन् ।
कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि कांग्रेस, माओवादी सहित जसपाका नेताहरु छलफल जारी छ ।
नयाँ सरकार गठनका लागि राष्ट्रपतिको आह्वान अनुसार दलहरु छलफलमा जुटेका हुन् । संविधानको धारा ७६(५) बमोजिम बन्ने सरकारका लागि १३६ जना सांसदहरु आवश्यक पर्दछ । तर तीन दलको गठबन्धन साथै एमालेकै एक पक्षको सहयोग समेत गरी १४९ जनाको हस्ताक्षर संकलन भएको स्रोतले जनाएको छ ।
अहिले पनि सिंहदरबारमा बैठक जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया