काठमाडौं । नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलको बैठक बस्दैछ ।
कार्यकदलका एक सदस्यले दिएको जानकारी अनुसार संघीय संसद भवन नयाँ बानेश्वरको अर्थ समितिको हलमा बैठक बस्न लागेको हो ।
पार्टी विवाद समाधानका लागि गत जेठ २ गते प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले दुवै कार्यदल बनाएका थिए ।
त्यहि अनुसार कार्यदलको पहिलो बैठक जेठ ३ गते बसेको थियो । भने अन्य बैठकहरु बस्न सकेको छैन ।
पहिलो बैठकमा आफ्ना सांसदहरुलाई पार्टी हित विपरित काम नगर्न निर्देशन दिइएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजे सम्मका लागि नयाँ सरकार गठनका लागि समय दिएकी छिन् । यसैबीच गठबन्धन सरकार गठनका लागि नेपाल पक्ष समेत सहभागी हुन लागेका बेला कार्यकदलको बैठक बोलाइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया