काठमाडौं । वर्तमान सरकारका ७ मन्त्रीहरुको नियुक्ती बदर भएसँगै उक्त मन्त्रालयहरुको जिम्मवारी प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्ने गरी तोकिएको छ ।
सर्वोच्च अदालतले बिहीवार ७ मन्त्रीहरुको नियुक्ती बदर गरी काम कारवाही नगर्न र नगराउनका लागि आदेश दिएसँगै राष्ट्रपति कार्यालयले खाली रहेका मन्त्रालयहरु प्रधानमन्त्री मातहत नहुने जनाएको हो ।
राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै निर्वतमान गृहमन्त्रालयसहित अन्य ७ मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिएका छन् ।
‘सर्वोच्च अदालतको मिति २०७८र२र६ को अन्तरिम आदेश बमोजिम रिट निवेदनको अन्तिम टुंगो नलागेसम्मका निजहरुलाई मन्त्रीको हैसियतमा कुनै काम कारवाही नगर्नु, गर्न नदिनु भनी अन्तरिम आदेश जारी भएको हुँदा निजहरुले सम्हाली आउनु भएको मन्त्रालयहरुको कार्यभार अर्को व्यवस्था नभएसम्मका लागि सम्माननीय प्रधानमन्त्र स्वयंमले सम्हाल्ने गरी तोक्न सम्मानीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको मिति २०७८र२७ बमोजिम सिफारिस सम्माननीय प्रधानमन्त्रीले सम्हाल्ने गरी तोक्नु भएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया