काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीको दाबीसहित राष्ट्रपति भवन शीतल निवास पुगेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको र विपक्षी गठबन्धन समेत १४९ जनाको हस्ताक्षर लिएर शीतल निवास पुगेका छन् ।
यसैबीच प्रधानमन्त्री ओली एमालेको १२१ र जनता समाजवादी पार्टीको १६ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालय पुगेका हुन् ।
संसदको ठूलो दलको हैसियतमा प्रधानमन्त्री ओली सरकारको दाबी गर्न शीतल निवास पुगेको एक नेताले बताए । यद्यपी ओली शीतल निवासबाट बाहिरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया