काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारणी समितिको बैठकका विषयमा विवाद देखिएको छ । जेठ ८ र ९ गतेका लागि कार्यकारिणी समितिको बैठक बोलाइएको थियो ।
तर बिहीवार दिउँसो जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षले बैठक स्थगित गरिएको जानकारी गराएको छ । यत अर्का अध्यक्ष उपेन्द्र यादवले भने विज्ञप्ति जारी गर्दै बैठक स्थगित नभएको जानकारी गराएका छन् ।
अध्यक्ष यादवले देशको वर्तमान राजनीतिक परिस्थितीका विषयमा विचार विमर्श गर्नका लागि तोकिकै मितिमा कार्यकारिणी समितिको बैठक बस्ने जानकारी गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया