कपिलवस्तु । नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य दीपक पाण्डेमाथि गोली प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कपिलवस्तु नगरपालिका वडा नं.१ का ३९ वर्षीय ओमप्रकाश यादव र कपिलवस्तु नगरपालिका वडा नं. २ सागर टोलका ३३ वर्षीय साकिर अलीपखिया रहेका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । उनीहरुले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको पनि प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।
जेठ ५ गते बुधबार उनीहरुले नेता पाण्डेमाथि गोली प्रहार गरेका थिए । घटनामा संलग्न एक जना भने फरार रहेको प्रहरीले बताएको छ । नेता पाण्डेको अवस्था गम्भिर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया