जसपा सरकारमा जाने निश्चित, महन्थ र राजेन्द्र पक्ष छलफलमा

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (महन्थ ठाकुर पक्ष) ले सरकारमा सहभागीताको विषयमा पार्टीभित्र छलफल चलाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीमण्डललाई पूर्णता दिनुपर्ने भन्दै सरकारमा सहभागी हुन आग्रह गरेपछि जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोले छलफल शुरु गरेका छन् ।

सरकारमा जाने लगभग निश्चित भएको छ, कतिवटा मन्त्रालय लिने, क-कसलाई मन्त्रीमा पठाउने विषयमा छलफल भइरहेको पार्टीका एकजना कार्यकारिणी सदस्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?