राष्ट्रपतिलाई तपाई नभनेको भन्दै प्रधानमन्त्री ओलीको आपत्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले राष्ट्रपतिलाई तपाई भनेर सम्बोधन नगरेको भन्दै आक्रोश पोखेका छन् ।

आज कांग्रेस सभापति शेरबहादुर देउवाले जारी गरेको वक्तव्यको भाषाप्रति असन्तुष्टि जनाउँदै उनले ‘राष्ट्रपतिलाई तपाई समेत भन्ने सभ्यता नेपाली काँग्रेसमा रहेनछ’ भन्दै कटाक्ष गरे ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुद्धिवहादुर रायमाझीको १६ वर्षे जेलजीवनको पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिको सम्बन्धमा देउवाको विज्ञप्तिमा प्रयोग गरिएको भाषामा ‘तिमी, गरिन्’ भन्ने रहेको भन्दै असन्तुष्टि पोखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?