काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र( बाबुराम पक्षको कार्यकारिणी समितिको बैठक जारी छ ।
आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भइरहेको छ ।
यसअघि जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई विपक्षी गठबन्धनको बैठकमा सहभागी भएका थिए ।
आजको बैठकमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको छ । गत जेठ ४ गते नै बैठक बोलाइएपनि शुक्रवार महन्थ ठाकुर पक्षले बैठक स्थगित गरेको जनाएको थियो । तर उपेन्द्र पक्षले भने देशको वर्तमान राजनीतिक परिस्थितिका बारेमा छलफल गर्नुपर्ने भएको बैठक बस्नु आवश्यक रहेको भन्दै पूर्व निर्धारित कार्यतालिका अनुसार बैठक हुने बताएका थिए ।
त्यस्तै जसपाको कार्यकारिणी समितिको बैठक भोलि पनि बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया