काठमाडौं। बुन्डेस लिगा २०२०/२१ सिजनको विजेता बायर्न म्युनिकले अग्सबर्गलाई ५-२ गोल अन्तरले पराजित गरेको छ।
शनिवार खेलिएको अन्तिम चरणको खेलमा बायर्नले आफ्नो घरेलु मैदानमा ठूलो जित निकाल्दै उपाधि उचालेको हो। ‘मे ८’ तारीखमै लिग जितिसकेको बायर्नले आजको अन्तिम खेलपछि उपाधि उचालेको हो।
बायर्नले लगातार ९औं उपाधि जित्ने क्रममा बायर्नका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले नयाँ कीर्तिमान रचेका छन्। उनले एकै सिजनमा ४१ लिग गोल गर्दै जर्ड मुलरको कीर्तिमानलाई पछाडि छोडेका छन्।
बायर्नका लेजेण्ड जर्ड मुलरले सन् १९७१/७२ सिजनमा ४० लिग गोल गरेका थिए। अग्सबर्गविरुद्ध आजको खेलमा लेवान्डोस्कीले १ गोल गर्दै मुलरको यो कीर्तिमान तोडेका हुन्।
लेवान्डोस्कीले गत साता फ्राइबर्गसंगको खेलमा गोल गर्दै मुलरको ४० गोलको कीर्तिमान बराबरी गरेका थिए।
बुन्डेस लिगामा बायर्नले उपाधि जित्दा आर.बी. लाइपजिगले दोस्रो, बोरुसिया डर्टमन्डले तेस्रो र वोल्फ्सबर्गले चौथौं स्थान ओगटेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया