काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई भेटेका छन् ।
महतोले शनिबार लैनचौरस्थित भारतीय दूतावासमा पुगेर बिहान बिहान १०ः५० देखि मध्याह्न १२ः४० राजदूत क्वात्रालाई भेटेका हुन् ।
जसपाभित्र महन्ठ ठाकुर र राजेन्द्र महतो पक्षधर नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरेका छन् । पछिल्लो समय ठाकुर र महतोले राजनीतिक भेटघाटललाई तिव्रता दिईरहेका छन् । यद्यपी जसपा दुई पक्षमा विभक्त हुँदा करिब फुटको संघारमा पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया