काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको फोटोमा आफ्नो फोटो जोडेर कार्टुन बनाइएकोप्रति आपत्ति जनाएका छन् ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको पत्रकारहरुसँगको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री (आफ्नो) कोटको खल्तीमा हालेको कार्टुनप्रति आपत्ति जनाएका हुन् ।
आफ्ना विपक्षीहरुले त्यसो गरेको भन्दै राष्ट्रपति जस्तो संस्थाको समेत अपमान गरेको प्रधानमन्त्री ओलीले बताए ।
‘उनीहरुलाई मजा आइरहेको होला नि, ठूला ठूला फोटा बनाएर प्रधानमन्त्रीको कोटको खल्तीमा राष्ट्रपतिको फोटोवाला कार्टुन ।’ प्रधानमन्त्री ओलीले भने ।
त्यस्तै अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिले दुवै पक्षको दाबीलाई स्वीकार नगरेपनि विपक्षीहरुले त्यसले स्वीकार नगरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया