राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको धारा ७६(५) ले दलीय अनुशासन तोड्ने अनुमति दिएको हो भन्दै विद्वानहरू समक्ष प्रश्न गरेका छन् ।
थापाले सामाजिक सञ्जाल मार्फत् स्टाटस लेखेका छन्, ‘के संविधानको धारा ७६९५० ले सांसदहरूलाई निदर्लीय बन्न छुट दिएको हो ? दलीय अनुशासन विपरीत जाने स्वतन्त्रताा दिएको हो ?’
क्षणिक स्वार्थले दलमा घात पुग्ने भनी उनी लेख्छन्, ‘यदि यो मान्यता स्वीकार गर्ने हो भने दल फुटाउने र सांसद किनबेच गर्ने काम वैधानिक हुन्छ । कुनै दल सुरक्षित रहन्न । क्षणिक स्वार्थ मात्र नहेरौँ ’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया